प्रधानमन्त्रीले संसद्‍मा बोल्ने अवस्था छ : अर्थमन्त्री वाग्ले - Chaitanya News
  • 2026-06-10
  • 14:51:00
  • बुधबार,जेठ २७, २०८३
  • प्रधानमन्त्रीले संसद्‍मा बोल्ने अवस्था छ : अर्थमन्त्री वाग्ले

    प्रधानमन्त्रीले संसद्‍मा बोल्ने अवस्था छ : अर्थमन्त्री वाग्ले

    काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा अवरोध जारी रहेको विषयमा अुन्तुष्टि जनाएका छन्।

    संसद्मा अवरोध हुँदा बजेटमाथि छलफल हुन नपाएको उनको दुःखेसो छ।

    ‘सम्माननीय प्रधानमन्त्रीज्यूले जुन वक्तव्य दिनुभयो त्यसको निहुँमा अहिले पछिल्ला चरणमा संसद अवरुद्ध भइराखेको छ’ वाग्ले भन्छन्, ‘मलाई लाग्छ, सम्माननीय ज्यूले आएर बोल्ने त्यो अवस्था छ नै।’

    तर, सीमा सम्बन्धी विषयमा परराष्ट्रमन्त्रीले प्रष्ट गर्न खोजेको पनि उनले स्मरण गराए।

    अर्थमन्त्री वाग्लेले भनेका छन्, ‘अरु परराष्ट्रमन्त्रीले समग्र रुपमा प्रष्ट गर्छु, नेपालको आधिकारिक धारणा के हो ? भारत भ्रमण गरेर पनि आएको छु र सीमा सम्बन्धी कुटनीतिलाई कुन तहमा हेरिएको छ भनेर राख्न चाहन्छु भन्दा भन्दै पनि हामीले त्यो राख्ने अवसर दिन पाएका छैनौं।’

    यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए। त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्।

    यही विषयलाई लिएर विपक्षी दलहरूले विरोध गरेका कारण प्रतिनिधिसभाको बैठक चल्न सकिरहेको छैन।