काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन शाहले दिएको वक्तव्य गलत भएकाले स्पष्ट पार्नुपर्ने बताएकी छिन्। आज (मंगलवार) प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले सदन विपक्षले नभई सत्ता पक्षले गरिरहेको बताएकी हुन्।
उनले प्रधानमन्त्रीले आफ्नो भनाई सच्याउनुबाहेक संसद अवरोध हट्ने अर्को उपाय नदेखेको बताइन्। उनले भनिन्, ‘संसद अवरोध हटाउन दुई वटा विकल्प छन् । प्रधानमन्त्री बालेनको भनाईमा समर्थन गर्ने हो भने सदनले हस्ताक्षरसहित नेपालले भारतको भूमि मिचेको भन्नुपर्यो, सत्ता पक्षका सांसद प्रधानमन्त्रीले भनेको भनाईमा सहमत हुनुहुन्छ, हस्ताक्षर सत्ता पक्षले सुरु गरौँ। हामी प्रतिपक्ष पनि हस्ताक्षर गरेर अवरोध हटाउँछौँ।’ उनले भनिन्, ‘अर्को विकल्प प्रधानमन्त्री बालेन शाहले दिएको वक्तव्य स्पष्ट पार्नुपर्छ। उहाँले व्याख्यामार्फत सच्याउनुपर्छ।’
उनले कर्मचारीले गरेको म्यासेजलाई राष्ट्रिय मुद्धा बनाएको भन्दै आपत्ति जनाइन्।