Chaitanyakhabar
काठमाडौं– निजामती सेवा १६औं संशोधन नियमावली–२०८३ स्वीकृत भएको छ।
आज (मंगलबार) सिंहदवारमा बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको छ। सामान्य प्रशासन मन्त्रालयअन्तर्गत उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो।
बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु, सम्पदा संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा जोड
महासभामा नेपालको आक्रामक एजेन्डा: ‘जलवायु संकट नेपालको मात्र होइन, सबैको हो’
महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसमा दबाब र टकराव, खड्का–शेखरको ‘मिति सारौँ’ आग्रह अस्वीकार गर्ने संस्थापनको संकेत
प्रधानमन्त्री शाह र ‘जेन जेड’ पुस्ताका सांसदबीच सिंहदरबारमा विशेष अन्तरक्रिया सुरु
रुपन्देही– बुद्धजन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रको विकास, सम्पदा संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा सुरु भएको सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष खड्गराज पौडेल ‘गणेश’ले उद्घाटन गरेका हुन्। सम्मेलनमा सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदायका प्रतिनिधि, सम्पदाविद्, पर्यटन विज्ञ,…
काठमाडौँ– नेपालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकको रूपमा आफ्नो पीडा सुनाउने परम्परागत शैलीबाट माथि उठ्दै संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी जलवायु भाष्य नै परिवर्तन गर्ने रणनीति अघि सारेको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु संकटलाई नेपालजस्ता जोखिमयुक्त हिमाली मुलुकको मात्र समस्या बनाउने अन्तर्राष्ट्रिय भाष्यलाई चुनौती दिने तयारी गरेको हो। बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा परराष्ट्रमन्त्री शिशिर…
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु हुँदै गर्दा पार्टीभित्र महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय सारेर पार्टीभित्र सहमतिको वातावरण बनाउन आग्रह गरे पनि संस्थापन पक्ष भने घोषित कार्यतालिका परिवर्तन गर्ने पक्षमा देखिएको छैन। गगन थापा नेतृत्वको कार्यसमितिले महाधिवेशनको अन्तिम…
काठमाडौँ– आज (शुक्रबार) दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। सरकारका नियमित तथा समसामयिक विषयहरूमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो।
विद्यालयमा हुने हरेक सार्थक गतिविधि सिकाइको अवसर हो; त्यसैले अतिरिक्त भनिएका क्रियाकलापलाई शिक्षाको मूल प्रवाहमा जोड्न आवश्यक छ। विद्यालय शिक्षामा “अतिरिक्त क्रियाकलाप” भन्ने शब्द लामो समयदेखि प्रचलित छ। खेलकुद, साहित्य, संगीत, कला, विज्ञान प्रयोग, वक्तृत्व, नाटक, सामाजिक सेवा, प्रविधि, भ्रमण तथा विभिन्न जीवनोपयोगी सीपलाई प्रायः नियमित पढाइभन्दा अलग राखिन्छ। पाठ्यपुस्तक, कक्षा र परीक्षा मुख्य सिकाइका…
काठमाडौं– नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३४ जनाका लागि भर्ना आह्वान गरेको छ। प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी कार्यालय सहयोगीसम्मका पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न लागिएको हो। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ।…