जनताका अपेक्षा निराशामा नबदलिउन् : शेरबहादुर देउवा - Chaitanya News
  • 2026-05-08
  • 20:07:14
  • शुक्रबार,बैशाख २५, २०८३
  • जनताका अपेक्षा निराशामा नबदलिउन् : शेरबहादुर देउवा

    जनताका अपेक्षा निराशामा नबदलिउन् : शेरबहादुर देउवा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पाँच वर्षको कार्यकालमा देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन्। आज सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले जनताको भावना अनुरुप काम गर्न अनुरोध पनि गरेका छन्।

    पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ दिँदै उनले उनले भने, ‘नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्ड जीलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना। नव नियुक्त मन्त्रीहरुलाई पनि बधाई।’

    उनले १८ महिनाअघि आफू प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्न, स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गर्न प्रधामन्त्री बनेको पनि सम्झिए। साथै, देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु तत्कालिन सरकारको प्राथमिक जिम्मेवारी रहेको बताए। यस कार्यमा चुनौति र कठिनाइहरूबीच पनि सफल भएको बताए।

    उनले आवाधिक निर्वाचनबाट चयन भएर आएका संसादहरूलारुलाइ विषेश आग्रह पनि गरे। उनले भने, ‘यो प्रतिनिधि सभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्। हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो।

    यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो। संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको उनले बताए।