काठमाडौँ– सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलाई आज (मंगलबार) पत्रकारहरुले संसदमा प्रधानमन्त्रीको खोजी र जवाफको प्रतीक्षा भइरहेका बेला प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ? भन्ने प्रश्न गरेका छन् । पत्रकारहरुको प्रश्नको जवाफमा शिक्षा मन्त्री पोखरे प्रधानमन्त्रीलाई आवश्यकता लागे संसदमा आएर जवाफ दिने बताएका छन्।
‘प्रधानमन्त्रीलाई अप्ठेरो हुने भए त सुरुमै त्यहाँ जानुहुन्नथ्यो’, मन्त्री पोखरेलले भने, ‘उहाँ प्रस्तुतिमा जाँदा त सोध्ने प्रश्न नै रहेनछन् नि एकदमै कम प्रश्नहरू आए जति हामीले सोचेका थियौ। प्रधानमन्त्रीले पनि प्रश्न आउँछ भनेर सोच्नुभएको थियो।’
उनले प्रधानमन्त्रीलाई अवस्यक्ताबोध भएमा संसदमा उपस्थित भएर पुन जवाफ दिनसक्ने बताए। ‘प्रधानमन्त्रीलाई मैले सदनमा सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ भने उहाँले गरिहाल्नुहुन्छ। आवस्यकताअनुसार प्रधानमन्त्रीले गर्नुहुन्छ भन्ने अस्ति पनि देखियो’, मन्त्री पोखरेलको भनाइ छ।
मन्त्री पोखरेलको यो भनाइबाट संसदमा सांसदले प्रधानमन्त्रीको जवाफ माग्दैमा नजाने नीति रहेको देखिन्छ। प्रधानमन्त्री शाहले गत वैशाख १९ गते नेपालले पनि भारतको जमिन मिचेको छ भनेर भनेपछि सांसदहरूले त्यसको विरोध गर्दै प्रस्ट पार्न आग्रह गर्दै आएका छन्। सभामुखलाई प्रधानमन्त्रीको जवाफका लागि रुलिङ गर्न समेत माग भइरहेको छ तर सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने साहस देखाएका छैनन्। जसका कारण लामो समययता संसद्को कामकारबाहीमा अवरोध हुँदै आएको छ।
Post Views: 28