काठमाडौं– नेकपा एमालेका नेता झपट रावलले पार्टीभित्र व्यक्तिवाद रहेको बताएका छन्। व्यक्तिवादको घेरा तोडेपछि एमाले पार्टी बलियो बन्ने उनको विश्वास छ।
पार्टीलाई बचाउने र बलियो बनाउने एउटै मात्र ओखती भनेको सामूहिक निर्णय, सामूहिक जिम्मेवारी, सामूहिक नेतृत्व र सामूहिक जवाफदेहिता भएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन्।
‘एक व्यक्तिको सनक र अहङ्कारले होइन, सामूहिक पद्धतिको जगमा मात्रै बलियो पार्टी निर्माण सम्भव छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आउनुहोस्, व्यक्तिवादको घेरा तोडौँ र पद्धतिको सुरुवात जहाँ छौँ, त्यहीँबाट आरम्भ गरौँ।’
उनी थप्छन्, जबसम्म पार्टीमा ‘पाँडे पजनी’ रहिरहन्छ, तबसम्म इमानदार कार्यकर्ताको रगत, पसिना बगाएर गरिएको मेहनतको कदर हुँदैन। कसैको निगाहमा पद बाँड्ने र खोस्ने प्रवृत्ति रहुन्जेल हुने यही नै हो।’