संसदमा सीके राउतले भने -मेरो नाम मात्रै लिन निषेध गरिएको ठाउँमा उभिँदा नयाँ अनुभूति भयो - Chaitanya News
  • 2026-04-29
  • 14:30:33
  • बुधबार,बैशाख १६, २०८३
  • संसदमा सीके राउतले भने -मेरो नाम मात्रै लिन निषेध गरिएको ठाउँमा उभिँदा नयाँ अनुभूति भयो

    संसदमा सीके राउतले भने -मेरो नाम मात्रै लिन निषेध गरिएको ठाउँमा उभिँदा नयाँ अनुभूति भयो

    काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले यो सम्भव भएको बताए ।

    राउतले मुलुकको अखण्डताप्रति आफू प्रतिबद्ध रहेको बताए । त्यस्तै संघीयतालाई थप बलियो बनाउनुपर्ने उनको धारणा थियो ।

    विगतमा दरबारमा टिकट काटेर पनि हेर्न नपाउने मुलुकको सर्वोच्च निकायमा जनताको सन्तान पुगेको भन्दै जनमत पार्टी गणतान्त्रिक व्यवस्थाप्रति कटिबद्ध रहेको बताए । उनले लोकतान्त्रिक व्यवस्थाको निम्ति जनमत पार्टी सदैव लाग्ने धारणा राखे । यस क्रममा उनले नयाँ पार्टीहरू लोकतान्त्रिक व्यवस्थाकै कारणले संसद्मा पुगेको बताए ।

    सरकारले बहुदलीय लोकतन्त्रलाई संरक्षण गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीका आकांक्षा पूरा गर्न लाग्नुपर्ने राउतको भनाइ थियो । नयाँ जनादेश लिएर आए पनि आफूहरुसँग आवेगमात्रै नभएको बताएका छन्।

    सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष राउतले नयाँ भएपनि देश बनाउने कुरामा कुनै शंका नगर्न आग्रह गरे। अध्यक्ष राउतले नयाँ पार्टीहरुले दलहरुसँग मिलेरै काम गर्ने बताए।