अन्तरसरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब २४ अर्ब विनियोजन, स्थानीय तहलाई सबैभन्दा ठूलो हिस्सा - Chaitanya News
  • 2026-06-08
  • 18:55:25
  • सोमबार,जेठ २५, २०८३
  • अन्तरसरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब २४ अर्ब विनियोजन, स्थानीय तहलाई सबैभन्दा ठूलो हिस्सा

    अन्तरसरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब २४ अर्ब विनियोजन, स्थानीय तहलाई सबैभन्दा ठूलो हिस्सा

    काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहमा कुल ४ खर्ब २४ अर्ब २७ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ।

    विनियोजित रकममध्ये स्थानीय तहले सबैभन्दा ठूलो हिस्सा प्राप्त गरेका छन्। सार्वजनिक विवरणअनुसार स्थानीय तहका लागि ३ खर्ब १४ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ छुट्याइएको छ भने सातवटै प्रदेशका लागि १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

    स्थानीय तहअन्तर्गत महानगरपालिकाका लागि ११ अर्ब ७३ करोड ५५ लाख रुपैयाँ, उपमहानगरपालिकाका लागि ११ अर्ब ५० करोड ५ लाख रुपैयाँ, नगरपालिकाका लागि १ खर्ब ३८ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ तथा गाउँपालिकाका लागि १ खर्ब ५२ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको सरकारले जनाएको छ।

    सरकारका अनुसार संघीय संरचनाअनुरूप सेवा प्रवाहलाई प्रभावकारी बनाउन, विकास आयोजना सञ्चालन गर्न तथा स्थानीय तहको आर्थिक सशक्तीकरणलाई थप मजबुत बनाउन उक्त रकम उपयोग गरिनेछ।