एसियन गेम्स छनोटः उपाधिका लागि नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै - Chaitanya News
  • 2026-06-08
  • 10:03:44
  • सोमबार,जेठ २५, २०८३
  • एसियन गेम्स छनोटः उपाधिका लागि नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै

    एसियन गेम्स छनोटः उपाधिका लागि नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौँ– सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार अपराह्न १२ः१५ बजेदेखि खेल सुरु हुनेछ।

    आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो। यस्तै, दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो।