ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा प्रवेश - Chaitanya News
  • 2026-06-07
  • 12:11:23
  • आइतबार,जेठ २४, २०८३
  • ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा प्रवेश

    ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा प्रवेश

    काठमाडौँ– सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि ८ विकेटको जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।

    सिंगा ओभल ग्राउन्डमा आइतबार बिहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो। ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै नौ ओभर दुई बलमा पूरा गरेको हो। नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए। उनले २६ बलको सामना गर्दा ७ चौका र एक छक्काको मद्दतमा नटआउट ४४ रन बनाएका हुन्। रोहित पौडेलले २० बलमा २१ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा आशिफ शेख १ रनमा आउट भए।

    टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो।

    ओमानविरुद्ध सुरुदेखि नै कसिलो बलिङ गरेको नेपालका लागि करण केसीले तीन विकेट हात पारे। चार ओभर बलिङ गर्दा एक मेडनसहित २० रन खर्चिएर केसीले तीन विकेट हात पारेका हुन्। समान चार ओभर बलिङ गरेका सन्दीप लामिछानेले १९ रन खर्चिएर दुई विकेट हात पारे भने सोमपाल कामीले चार ओभर बलिङ गर्दा दुई विकेट हात पारे। उनले एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट लिएका हुन्। नेपालले मलेसिया र हङकङ बीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्नेछ।