ट्राफिक कारबाहीः चार लाख ९१ हजार राजस्व संकलन - Chaitanya News
  • 2026-07-29
  • 04:00:23
  • मंगलबार,साउन १२, २०८३
  • ट्राफिक कारबाहीः चार लाख ९१ हजार राजस्व संकलन

    ट्राफिक कारबाहीः चार लाख ९१ हजार राजस्व संकलन

    काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार २५६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु। चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १५१, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १११, संकेत बत्ती उल्लंघनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३३, निषेधित क्षेत्रमा हर्न बजाउने १९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६१ जनालाई कारबाही गरिएको हो।