काठमाडौं– आज (बिहीबार) भइरहेको एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी– २०आईमा लगातार दोस्रो शतक प्रहार गरेका छन्।
भुर्तेलले ४४ बलमा शतक प्रहार गरेका हुन्। उनको करियरको यो तेस्रो शतक हो।
भुर्तेलले यसअघि चीनसँगको खेलमा शतक प्रहार गरेका थिए। उक्त खेलमा ३५ बलमा शतक प्रहार गरेका भुर्तेल ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए।
भुर्तेल लगातार दुई टी–२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन्। यस्तै समग्रमा विश्वको १०औं खेलाडी हुन्।
भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भएका छन्। उनले १४ चौका र ८ छक्का प्रहार गरे।
भुर्तेलले सन् २०२२ मा फिलिपिन्स विरुद्ध करियरको पहिलो शतक प्रहार गरेका थिए।