जनताले परिवर्तनको अपेक्षा गरेको स्पष्ट देखियो- ओली - Chaitanya News
  • 2026-04-29
  • 13:21:19
  • बुधबार,बैशाख १६, २०८३
  • जनताले परिवर्तनको अपेक्षा गरेको स्पष्ट देखियो- ओली

    जनताले परिवर्तनको अपेक्षा गरेको स्पष्ट देखियो- ओली

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा उन्नति गर्नको लागि सरकार बनाउनुपर्ने बताए ।

    प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले व्यक्तिको उन्नतिका लागि नभएर जनताको काम गर्न सरकार बन्नुपर्ने बताए ।

    अध्यक्ष ओलीले लामो बलिदानको शृंखलापछि अहिलेको अवस्था आएको बताएउदै यस संसदमाथि ठुलो जिम्मेवारी रहेको बताए ।

    यस संसदले देशलाई विकासको बाटोमा अगाडी बढाउनु पर्ने, राष्ट्रियताका प्रश्नको समाधान गर्नुपर्ने, सामाजिक तथा सास्कृतिक पक्षहरुलाई समाधान गर्नुपर्ने यस संसदको जिम्मेवारी रहेको ओलीले बताए ।

    ओलीले अहिले अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउदै धेरै बर्षपछि राजश्व संकलन ऋणात्मक भएको बताए ।

    ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिदै अहिले सहज अवस्था नभएको र चुनौती भएको स्मरण गराएका छन् ।

    परिवर्तनको अपेक्षा जनताले गरेको देखिएको बताउदै ओलीले जनताले परिवर्तनको अपेक्षा गरेकैले नयाँ पार्टीले चुनावमा राम्रो गरेको बताए ।