संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो- प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-04-29
  • 13:20:25
  • बुधबार,बैशाख १६, २०८३
  • संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो- प्रधानमन्त्री प्रचण्ड

    संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो- प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं –  प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका छन् ।

    संघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा नयाँ राजनीतिक दल र नयाँ अनुहारको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका हुन् ।

    उनीहरुमा देश र जनताको हितमा काम गर्न हुटहुटी रहेको प्रचण्डको भनाइ छ ।