अतिरिक्त स्वास्थ्य सचिवका लागि दुई वरिष्ठ चिकित्सकको नाम सिफारिस - Chaitanya News
  • 2026-07-17
  • 19:28:57
  • शुक्रबार,साउन ०१, २०८३
  • अतिरिक्त स्वास्थ्य सचिवका लागि दुई वरिष्ठ चिकित्सकको नाम सिफारिस

    अतिरिक्त स्वास्थ्य सचिवका लागि दुई वरिष्ठ चिकित्सकको नाम सिफारिस

    काठमाडौँ– स्वास्थ्य सेवाको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) पदमा नियुक्तिका लागि दुई वरिष्ठ चिकित्सकको नाम अन्तिम सिफारिसमा परेको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको बढुवा समितिको सोमबार बसेको बैठकले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्मालाई अतिरिक्त स्वास्थ्य सचिव पदका लागि सिफारिस गरेको हो।

    हाल डा. देवकोटा डडेलधुरा अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत छिन्। यस्तै, डा. शर्मा गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन्।

    बढुवा समितिबाट सिफारिस भएका यी दुईमध्ये एक जनालाई मन्त्रिपरिषद्को निर्णयपछि अतिरिक्त स्वास्थ्य सचिव पदमा नियुक्त गरिने प्रक्रिया अघि बढ्नेछ।

    स्वास्थ्य प्रशासनको उच्च तहमा नेतृत्व चयनको प्रक्रियाअन्तर्गत गरिएको यो सिफारिसलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण पदपूर्तिका रूपमा हेरिएको छ।