बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ : अर्थमन्त्री वाग्ले - Chaitanya News
  • 2026-08-31
  • 03:35:44
  • आइतबार,भाद्र १४, २०८३
  • बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ : अर्थमन्त्री वाग्ले

    बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ : अर्थमन्त्री वाग्ले

    काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटबाट बिजुलीका उपभोक्तालाई भार नपर्ने बताएका छन्। साथै उनले ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्ने पनि जानकारी दिएका छन्।

    आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रममा पोष्ट बजेट सम्बन्धी छलफलमा उनले बिजुलीमा उपभोक्तालाई अन्तिम भार नपर्ने गरी व्यवस्था गर्न सरकारले सोचिरहेको बताए। तर बिजुलीको भ्याटबाट भने पछि नहट्ने उनले बताए। ‘भ्याट लाग्छ–लाग्छ रिट्रिट हुँदैन तर उपभोक्तालाई मार नपर्ने गरी हामी सोच्दैछौं,’ उनले भने।

    त्यसका लागि महसुल छुट दिने विषयमा विद्युत महसुल आयोगलाई पनि अनुरोध गर्ने उनले बताए। उनले भने, ‘‘अन्तिम उपभोक्तालाई मार नपर्ने गरेर कि हामी युनिट बढाइदिन्छौं वा त्यो मूल्यलाई नै समायोजन गरेर।’

    उत्तरदायी सरकारले यसैगरी सोच्ने भन्दै उनले अतिरञ्जना नगर्न आग्रह गरे। कसैले गर्न नसकेको आँट वर्तमान सरकारले गरेको बताउँदै उनले भने, ‘यो देशको दीर्घकालीन हितमा छ।’