सीमा सम्बन्धी विषयमा दुवै पक्षका दाबी र तथ्यलाई आधार बनाएर संवादमार्फत समाधान खोजिने शाहको प्रधानमन्त्री दाबी - Chaitanya News
  • 2026-05-31
  • 15:21:24
  • आइतबार,जेठ १७, २०८३
  • सीमा सम्बन्धी विषयमा दुवै पक्षका दाबी र तथ्यलाई आधार बनाएर संवादमार्फत समाधान खोजिने शाहको प्रधानमन्त्री दाबी

    सीमा सम्बन्धी विषयमा दुवै पक्षका दाबी र तथ्यलाई आधार बनाएर संवादमार्फत समाधान खोजिने शाहको प्रधानमन्त्री दाबी

    काठमाडौँ– आज (आइतबार) संसद बैठकमा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल(भारत सीमा सम्बन्धी विषयमा दुवै पक्षका दाबी र तथ्यलाई आधार बनाएर संवादमार्फत समाधान खोजिने बताएका छन्।

    उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सीमासम्बन्धी विषयमा आफूले हालै थप जानकारी प्राप्त गरेको उल्लेख गर्दै नेपालले मात्र आफ्नो भू(भाग अतिक्रमण भएको दाबी गर्ने अवस्था नभई सीमाका केही विषयमा भारत पक्षले पनि दाबी प्रस्तुत गरेको जानकारी आएको बताए।

    प्रधानमन्त्री शाहले सीमा विवादका विषयहरूलाई आपसी वार्ता र कूटनीतिक संवादबाट सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सीमा क्षेत्रसँग सम्बन्धित दुवै देशका दाबी तथा तथ्यहरूको अध्ययन गरी द्विपक्षीय छलफलमार्फत निष्कर्षमा पुग्ने प्रयास गरिनेछ।

    उनले नेपाल र भारतबीच उठेका सीमासम्बन्धी प्रश्नहरूलाई वार्ताको माध्यमबाट समाधानतर्फ लैजान सरकार प्रतिबद्ध रहेको पनि बताए। प्रधानमन्त्रीको भनाइमा सीमा व्यवस्थापन र भू(भागसम्बन्धी विषयहरू संवेदनशील भएकाले यस्ता मुद्दामा तथ्यमा आधारित संवादलाई प्राथमिकता दिइनेछ।