एसियन गेम्स छनोटः चीनमाथि नेपालको २२१ रनको जित - Chaitanya News
  • 2026-05-31
  • 13:43:11
  • आइतबार,जेठ १७, २०८३
  • एसियन गेम्स छनोटः चीनमाथि नेपालको २२१ रनको जित

    एसियन गेम्स छनोटः चीनमाथि नेपालको २२१ रनको जित

    काठमाडौँ– एसियन गेम्स क्वालिफायर्समा नेपालले चीनमाथि २२१ रनको जित हासिल गरेको छ । विजयी सुरूवात गर्दै नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले हराएको हो। क्रिकेटको सिकारु राष्ट्र चीनलाई नेपालले बलिङ र ब्याटिङको पाठ पढायो।

    चीनले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कुशल भुर्तेलको विष्फोटक सतकको मद्दतमा नेपालले दुई विकेट गुमाएर ३१३ रनको पहाड खडा गर्‍यो।

    जवाफी ब्याटिङमा चीन ९२ रनमै अलआउट भएको छ।