दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित हुने - Chaitanya News
  • 2026-05-31
  • 13:42:04
  • आइतबार,जेठ १७, २०८३
  • दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित हुने

    दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित हुने

    काठमाडौँ–  आज (आइतबार) दिउँसो १ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ।  बैठकमा  प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभा नियमावली  मस्यौदा समितिको प्रतिवेदन,२०८३ माथि दफावर छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णायक प्रस्तुत गरिनेछ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

    यसैगरी, अर्थमन्त्री डा। स्वणिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ प्रस्तुत गर्नेछन्।

    यसैगरी बैठकमा युवा,श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी १९४७ (नं.८१) पेश गर्ने कार्यसूची छ। अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १०३० सम्बन्धी सन् २०१४ क प्रोटोकल नं.२९ पेश हुने कार्यसूचीमा उल्लेख छ।