सुन महँगिँदा मन्त्रीहरूलाई ‘कागजी फाइदा’, सम्पत्ति मूल्यमा डेढ करोडको उछाल - Chaitanya News
  • 2026-05-31
  • 13:14:01
  • आइतबार,जेठ १७, २०८३
  • सुन महँगिँदा मन्त्रीहरूलाई ‘कागजी फाइदा’, सम्पत्ति मूल्यमा डेढ करोडको उछाल

    सुन महँगिँदा मन्त्रीहरूलाई ‘कागजी फाइदा’, सम्पत्ति मूल्यमा डेढ करोडको उछाल

    काठमाडौँ– सरकारले बजेटमार्फत सुनमा लगाइएको भन्सार दर दोब्बर बनाएपछि बजारमा सुनको मूल्य एकैपटक उकालो लागेको छ। यसको प्रत्यक्ष प्रभाव मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरणमा देखिएको छ, जहाँ सुनको मूल्य वृद्धिका कारण उनीहरूको सम्पत्तिको मूल्यांकन उल्लेख्य रूपमा बढेको छ।

    सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार हालका १५ मन्त्रीसँग कुल ७१०.५० तोला सुन रहेको छ। बजेटपछि सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेपछि उनीहरूको सुनको मूल्य मात्रै करिब १ करोड ४५ लाख ६५ हजार रुपैयाँले बढेको देखिएको हो।

    सबैभन्दा बढी लाभ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई पुगेको देखिन्छ। उनको स्वामित्वमा रहेको सुनको मूल्य वृद्धि मात्रै करिब ३८ लाख ९५ हजार रुपैयाँ बराबर पुगेको छ। उद्योगमन्त्री गौरीकुमारी यादवको सुनको मूल्य करिब ३६ लाख ९० हजार रुपैयाँले बढेको छ भने रामजी यादवको १६ लाख ४० हजार रुपैयाँ र अर्थमन्त्री स्वर्णिम वाग्लेको ९ लाख २२ हजार ५०० रुपैयाँ बराबरले सम्पत्ति मूल्य बढेको देखिन्छ।

    बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याइएको छ। साथै अन्तिम उपभोक्ता मूल्यको ०.५ प्रतिशत सिप अभिवृद्धि महसुलसमेत थप गरिएकाले बजार मूल्य थप महँगिएको हो।
    यससँगै आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। मूल्य वृद्धिले सुन भएका व्यक्तिहरूको सम्पत्ति कागजी रूपमा बढाए पनि नयाँ खरिदकर्तामाथि भने थप आर्थिक भार परेको छ।

    कसको कति बढ्यो सुनको मूल्य ?

    क्र.सं.

    नाम

    सुनको मात्रा (तोला)

    बढेको रकम (रु.)

    बालेन शाह

    १९०

    ३८,९५,०००

    स्वर्णिम वाग्ले

    ४५

    ९,२२,५००

    शिशिर खनाल

    २२

    ४,५१,०००

    विराजभक्त श्रेष्ठ

    १५

    ३,०७,५००

    सुनिल लम्साल

    ३०

    ६,१५,०००

    सोबिता गौतम

    १५

    ३,०७,५००

    सिता वादी

    १८

    ३,६९,०००

    प्रतिभा रावल

    २५

    ५,१२,५००

    निशा मेहता

    ३०

    ६,१५,०००

    १०

    सस्मित पोखरेल

    २५

    ५,१२,५००

    ११

    खड्कराज पौडेल

    ११

    २,२५,५००

    १२

    विक्रम तिमिल्सिना

    १९.५

    ३,९९,७५०

    १३

    गिता चौधरी

    १,०२,५००

    १४

    गौरीकुमारी यादव

    १८०

    ३६,९०,०००