प्रधानमन्त्री दाहालद्वारा मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन - Chaitanya News
  • 2026-04-29
  • 13:20:23
  • बुधबार,बैशाख १६, २०८३
  • प्रधानमन्त्री दाहालद्वारा मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन

    प्रधानमन्त्री दाहालद्वारा मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन दिएका छनत् ।

    वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो ।

    समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल सुरू गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री दाहाल यस विषयमा गम्भीर हुनु भएको र तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्ने उनको सचिवालयले जनाएको छ ।