२४ घण्टामा १९९४ सवारी चालक ट्राफिक कारबाहीमा, पाँच लाख एकचालिस हजार राजस्व संकलन - Chaitanya News
  • 2026-07-15
  • 11:52:47
  • बुधबार,आषाढ ३१, २०८३
  • २४ घण्टामा १९९४ सवारी चालक ट्राफिक कारबाहीमा, पाँच लाख एकचालिस हजार राजस्व संकलन

    २४ घण्टामा १९९४ सवारी चालक ट्राफिक कारबाहीमा, पाँच लाख एकचालिस हजार राजस्व संकलन

    काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ९९४ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु. पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १२७, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३०, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२८, एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो।