काठमाडौं– एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्दैछ।
मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। यो खेल जितेमा नेपाल एसियन गेम्समा छनोट हुनेछ। अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ र एसियन गेम्समा पनि छनोट भएको छ।
नेपालले छनोट प्रतियोगिताअघि मलेसियासँग दुई टी–२०आई खेल खेल्दा दुवैमा विजयी भएको थियो।