राहदानी विभागले भन्यो- समस्या समाधान भयो,अब राहदानी लिन आउनू - Chaitanya News
  • 2026-04-29
  • 13:20:32
  • बुधबार,बैशाख १६, २०८३
  • राहदानी विभागले भन्यो- समस्या समाधान भयो,अब राहदानी लिन आउनू

    राहदानी विभागले भन्यो- समस्या समाधान भयो,अब राहदानी लिन आउनू

    काठमाडौं- राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले राहदानी वितरणको सेवा सुचारू भएको जनाएको छ।

    आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी हुन्।

    पुस १७ गते सर्भरमा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि सेवा बन्द गरेको सूचना निकालेको थियो।

    विभागले सर्भरमै समस्या आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्राविधिकले समेत विभागको अनुगमन गरेका थिए।