काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ।
आगामी आर्थिक वर्षको बजेट घोषणामार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत रहने अनुमान गरिएको बताए। चालु आर्थिक वर्ष २०८२–८३ मा भने आर्थिक वृद्धिदर ३।८५ प्रतिशत हुने तथ्यांक कार्यालयले जनाएको छ।
त्यस्तै आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर ६ प्रतिशतमुनि कायम गर्ने उनले घोषणा गरे।
सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ। जसमा चालु खर्च १२ खर्ब ७० अर्ब, पूँजीगत खर्च ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फको खर्च ४ खर्ब २२ अर्ब हुने अनुमान छ।