बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड - Chaitanya News
  • 2026-07-14
  • 20:46:18
  • मंगलबार,आषाढ ३०, २०८३
  • बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    काठमाडौं– आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरिएको छ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट बताएका हुन्। पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताएका छन्।

    त्यस्तै, राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन्।

    अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन्।

    जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ।