आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा - Chaitanya News
  • 2026-08-30
  • 05:04:57
  • शनिबार,भाद्र १३, २०८३
  • आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा

    आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा

    काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने घोषणा गरेको छ।

    अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ६७० मेगावाट जलविद्युत् र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध जोड्ने घोषणा गरेको छ।

    जसबाट राष्ट्रिय प्रसारण लाइनमा कूल जडित क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्ने उनको भनाइ छ।