आर्थिक वर्षदेखि पूँजीगत लाभकर अन्तिम हुने - Chaitanya News
  • 2026-05-29
  • 20:54:52
  • शुक्रबार,जेठ १५, २०८३
  • आर्थिक वर्षदेखि पूँजीगत लाभकर अन्तिम हुने

    आर्थिक वर्षदेखि पूँजीगत लाभकर अन्तिम हुने

    काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषण गरेको छ।

    सेयर कारोबारमा लाभ भएको अवसथामा लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर तिरेपछि थप कर नलाग्ने घोषणा गरेको हो।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आव २०८३–८४ को बजेट मार्फत सेयर कारोबारमा भएको लाभमा लाग्ने पूँजीगत लाभकर अन्तिम हुने घोषण गरेका हुन्।

    यस घोषणासँगै पूँजीगत लाभ कर तिरेको आय व्यक्तिको आयमा गणना हुने वा व्यक्तिगत आयकर सीमाभित्र पर्ने छैन।

    पूँजीगत लाभकरको व्यवस्था एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत तथा १ वर्षभन्दा लामो अवधि होल्ड गर्नेले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन्।