बजेट पारित गराउन अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकतर्फ प्रस्थान - Chaitanya News
  • 2026-05-29
  • 20:20:52
  • शुक्रबार,जेठ १५, २०८३
  • बजेट पारित गराउन अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकतर्फ प्रस्थान

    बजेट पारित गराउन अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकतर्फ प्रस्थान

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३– ८४ को वार्षिक बजेट मन्त्रिपरिषदबाट पारित गराउन अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गरेका छन्।

    संविधान तथा प्रचलित व्यवस्था अनुसार बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट पारित गर्नुपर्ने व्यवस्था छ। मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भएपछि अर्थमन्त्री वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भइसकेको छ। उक्त बैठकबाट बजेट पारित भएपछि अर्थमन्त्री वाग्ले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न त्यसतर्फ जाने कार्यक्रम छ।