बजेट स्वीकृत गर्न दिउँसो २:३० बजे मन्त्रिपरिषद् बैठक बोलाइयो - Chaitanya News
  • 2026-10-13
  • 17:22:42
  • मंगलबार,आश्विन २७, २०८३
  • बजेट स्वीकृत गर्न दिउँसो २:३० बजे मन्त्रिपरिषद् बैठक बोलाइयो

    बजेट स्वीकृत गर्न दिउँसो २:३० बजे मन्त्रिपरिषद् बैठक बोलाइयो

    काठमाडौँ– सरकारले आज आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको छ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २ः३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

    सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने कार्यक्रम रहेको छ।

    संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।