काठमाडौँ– आज (शुक्रबार) एक सूचना जारी गर्दै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले विभिन्न प्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको छ।
समितिले जारी गरेरको सूचना अनुसार खुला तथा आन्तरिक प्रतियोगिताद्वारा विभिन्न प्राविधिक र प्रशासनिक रिक्त पदमा दरखास्त आह्वान गरेको हो।
मुख्य वैज्ञानिक, वरिष्ठ वैज्ञानिक अधिकृत, सहायक वैज्ञानिक अधिकृत, वैज्ञानिक सहायक, प्रशासकीय सहायक, लेखापाल र प्रयोगशाला पदहरुमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। यी पदहरू रसायन विज्ञान, जीव विज्ञान, भौतिक विज्ञान तथा लेखा समूहअन्तर्गत रहेका छन्।
इच्छुक उम्मेदवारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी तोकिएको बैंक खातामा परीक्षा शुल्क बुझाएर आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रहेको जनाइएको छ। दोब्बर दस्तुर तिरेर सात दिन भित्र दरखास्त दिन सकिनेछ।