प्रधानमन्त्रीलाई विश्वासको मतबारे हामीलाई खबर आएको छैन : महन्थ ठाकुर - Chaitanya News
  • 2026-09-23
  • 00:08:11
  • मंगलबार,आश्विन ०६, २०८३
  • प्रधानमन्त्रीलाई विश्वासको मतबारे हामीलाई खबर आएको छैन : महन्थ ठाकुर

    प्रधानमन्त्रीलाई विश्वासको मतबारे हामीलाई खबर आएको छैन : महन्थ ठाकुर

    काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।

    पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारे पार्टीमा कुनै जानकारी नआएकाले अहिले केही निर्णय नगरिएको बताए।

    सरकारले विश्वासको मतबारे पार्टीलाई औपचारिक जानकारी गराए छलफलबाट निर्णय लिने उनको भनाइ छ।