तोमनाथ उप्रेती: आत्मनिर्भरता एउटा व्यापक राष्ट्रिय चेतना हो, जसको आधार आर्थिक क्षमतासँगै नागरिकको चरित्र, जिम्मेवारी र नैतिक अनुशासनमा टिकेको हुन्छ। कुनै राष्ट्रले आफ्ना आवश्यकता आफैँ पूरा गर्न सक्ला, तर यदि उसका नागरिक सार्वजनिक सम्पत्तिप्रति उदासीन, कर्तव्यप्रति विमुख, कानुनप्रति अनादरपूर्ण र व्यक्तिगत लाभका लागि सामूहिक हितलाई तिलाञ्जली दिने प्रवृत्तिका छन् भने त्यस्तो आत्मनिर्भरता दीगो हुन सक्दैन।…