काठमाडौँ– आज (बुधबार) दिउँसो १ः१५ बजे संघीय संसद्का दुवै सदनको बैठक छुट्टाछुट्टै बस्ने भएको छन् । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बस्ने भएको हो।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ। साथै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण पेस गर्ने छन्।
संसद् सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
साथै राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्। मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ।