हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ, सरकार पनि टिक्छ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-09-23
  • 00:45:53
  • मंगलबार,आश्विन ०६, २०८३
  • हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ, सरकार पनि टिक्छ : अध्यक्ष ओली

    हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ, सरकार पनि टिक्छ : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन्।

    पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आइतवार धुलिखेलमा सम्बोधन गर्दै ओलीले यसो भनेका हुन्।

    ुअहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको छ। यो परिवर्तन चानचुने कुरा होइन उनले भने, प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिँदैछन्। तर सरकारविरुद्ध अनेक प्रयास भएका छन्। हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। सरकार पनि टिक्छ।