सरकारले तोक्यो आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य - Chaitanya News
  • 2026-05-25
  • 18:48:02
  • सोमबार,जेठ ११, २०८३
  • सरकारले तोक्यो आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य

    सरकारले तोक्यो आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य

    काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ का लागि बर्खे धान बालीको समर्थन मूल्य तोकेको छ।

    कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले धानको वर्गअनुसार मूल्य तय गरेको हो।

    निर्णयअनुसार मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोकिएको छ।