प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेश गर्दै - Chaitanya News
  • 2026-05-08
  • 19:00:24
  • शुक्रबार,बैशाख २५, २०८३
  • प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेश गर्दै

    प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेश गर्दै

    विराटनगर– प्रदेश १ सरकारको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गर्ने भएका छन्।

    गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार नेता कार्कीले आज ४ बजे मुख्यमन्त्रीको दाबी पेश गर्ने भएकान्टका अक्षरहरु लेख्नुहोस् वा पेस्ट गर्नुहोस्।

    प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। त्यसअघि ४ बजे प्रदेश प्रमुखसमक्ष दाबी गर्ने तयारी रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

    उनले गठबन्धनका सबै दलसहित गएर प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्ने विषय तय भएको जानकारी दिए।

    झापाको निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित कार्की एमालेका स्थायी कमिटी सदस्य हुन्। उनी प्रदेश सरकारको पहिलो कार्यकालको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन्।

    पौष १७ गते प्रदेश प्रमुखले एक हप्ताको समयसीमा निर्धारण गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

    ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ। जसमा एमालेसँग ४० र माओवादीसँग १३ सिट छ।

    केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्ने देखिन्छ।