प्रदेश सभा बैठक बस्दै, के छन् सम्भावित कार्यसूची ? - Chaitanya News
  • 2026-05-24
  • 10:08:19
  • आइतबार,जेठ १०, २०८३
  • प्रदेश सभा बैठक बस्दै, के छन् सम्भावित कार्यसूची ?

    प्रदेश सभा बैठक बस्दै, के छन् सम्भावित कार्यसूची ?

    लुम्बिनी– आज (आइतबार) दिउँसो १ः०० बजे लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक बस्ने भएको छ।

    प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची छ।

    त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।