ज्येष्ठ र अपांगता भएका नागरिकलाई विशेष सुविधा दिन राष्ट्र बैंकको निर्देशन - Chaitanya News
  • 2026-05-23
  • 16:23:47
  • शनिबार,जेठ ०९, २०८३
  • ज्येष्ठ र अपांगता भएका नागरिकलाई विशेष सुविधा दिन राष्ट्र बैंकको निर्देशन

    ज्येष्ठ र अपांगता भएका नागरिकलाई विशेष सुविधा दिन राष्ट्र बैंकको निर्देशन

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

    केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउण्टर तोकेर सेवा प्रदान गर्न निर्देशन दिएको हो।

    इजाजतप्राप्त संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका संकेत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।