प्रधानमन्त्री प्रचाण्डलाई विश्वासको मत दिने सम्बन्धमा लोसपाको बैठक सुरु - Chaitanya News
  • 2026-06-24
  • 04:11:27
  • मंगलबार,आषाढ ०९, २०८३
  • प्रधानमन्त्री प्रचाण्डलाई विश्वासको मत दिने सम्बन्धमा लोसपाको बैठक सुरु

    प्रधानमन्त्री प्रचाण्डलाई विश्वासको मत दिने सम्बन्धमा लोसपाको बैठक सुरु

    काठमाडौ– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ।

    पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा यही पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीका नेताहरुको धारणा बनाउन बैठक बोलाइएको लोसपाका कार्यकारिणी सदस्य डा. सुरेन्द्रकुमार झाले जानकारी दिए।

    “बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, निर्वाचनको समीक्षा, पार्टीको मधेश प्रदेशको परिमार्जनलगायत विषयमा छलफल हुनेछ,” उनले भने। पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु सहभागी हुनुहुन्छ । लोसपाको प्रतिनिधिसभामा चार जना सांसद छन्।