सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-09-02
  • 02:29:49
  • मंगलबार,भाद्र १६, २०८३
  • सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

    सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

    काठमाडौँ– सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ।

    आज (शनिबार) सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत गठित अध्यक्ष नियुक्ति सिफारिस समितिले आज एक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

    इच्छुक उम्मेदवारहरूले तोकिएको योग्यता पूरा गरी आगामी जेठ १८ गते सोमबार, कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ।

    दरखास्त पेश गर्न चाहने उम्मेदवारहरूले दरखास्त फाराम, आवश्यक योग्यता, र संलग्न गर्नुपर्ने कागजातहरूको विस्तृत जानकारीका लागि मन्त्रालय र संस्थाको आधिकारिक वेबसाइट हेर्न सक्नेछन्। समितिका अनुसार विस्तृत विवरणहरू सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.mocit.gov.np र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट www.psbnepal.gov.np मा उपलब्ध गराइएको छ।

    यसअघि गत बिहीबार दरखास्त आह्वानको सूचना निकालेर शुक्रबार खारेज गरिएको थियो ।