काठमाडौँ– सूचना तथा सञ्चार मन्त्रालय सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान भएको सूचना रद्द गरेको छ।
आज (शुक्रबार) मन्त्रालयले एक सूचना जारी गरी दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो।
मन्त्रालयले जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो। मन्त्रालयले ‘विशेष कारणवश’ दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ।
![]()