आज तीन वटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ? - Chaitanya News
  • 2026-05-21
  • 10:10:47
  • बिहिबार,जेठ ०७, २०८३
  • आज तीन वटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौँ– आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ।

    जसअनुसार अर्थ समितिको बैठक बिहान ९ः ३० बजे बस्ने बस्दैछ । बैठकमा आ.ब.२०८३ ८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची रहेको छ।

    यसैगरी, बिहान ११ बजे राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठक बस्ने तय भएबको छ । बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिंग सेन्टरको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।