प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेस - Chaitanya News
  • 2026-07-06
  • 01:03:32
  • आइतबार,आषाढ २१, २०८३
  • प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेस

    प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेस

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश भएको छ।

    आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पेश गरेका हुन्।

    त्यसैगरी उनले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेश गरिन्।

    प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।