१५ इन्स्पेक्टर डिएसपी बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-09-02
  • 02:56:55
  • मंगलबार,भाद्र १६, २०८३
  • १५ इन्स्पेक्टर डिएसपी बढुवाका लागि सिफारिस

    १५ इन्स्पेक्टर डिएसपी बढुवाका लागि सिफारिस

    काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालका १५ जना इन्स्पेक्टर नायब उपरीक्षक (डिएसपी) पदमा बढुवा सिफारिस भएका छन् ।

    आज (बुधबार) बसेको बढुवा सिफारिस समितिको बैठकले सम्बन्धित अधिकृतहरूको नामावली सार्वजनिक गर्दै पदोन्नति प्रक्रिया अघि बढाएको हो।

    सार्वजनिक गरिएको सूचीअनुसार विदुर ढकाल पहिलो वरीयतामा रहेका छन् भने धोज विक्रम शाही दोस्रो नम्बरमा परेका छन्।

    समितिले जारी गरेको सूचनाअनुसार बढुवा सिफारिसप्रति असहमति भए सम्बन्धित उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।