यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय - Chaitanya News
  • 2026-05-19
  • 18:52:38
  • मंगलबार,जेठ ०५, २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ– सरकारले राजपत्रांकित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल सरकारको कार्य विभाजन नियमावली २०८३ अनुसार सचिव तहको दरबन्दी मिलान र पदस्थापन प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    यसैगरी बैठकले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने, सैनिक सेवा नियमावलीमा छैटौँ संशोधन गर्ने, नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ।

    त्यस्तै, स्विट्जरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने र काठमाडौँ उपत्यकामा नदी किनारका बस्ती हटाइएका विस्थापित परिवारलाई पुनर्स्थापना खर्च उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।