आईसीसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै - Chaitanya News
  • 2026-06-30
  • 14:21:40
  • मंगलबार,आषाढ १६, २०८३
  • आईसीसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

    आईसीसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

    काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

    अमेरिकाका कप्तान सैतेजा मुक्कामल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

    यस खेलबाट ईशान पाण्डेले डेब्यु गर्दैछन् भने कुशल भुर्तेलले कमब्याक गरेका छन्। आजको खेलमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी बेन्चमा रहने भएका छन्।