आर्थिक अनियमितता र बेरुजुको अवस्था भयावह, एक वर्षमै थपियो ८८ अर्ब, कुल बेरुजु साढे ७ खर्ब नाघ्यो - Chaitanya News
  • 2026-05-15
  • 17:31:31
  • शुक्रबार,जेठ ०१, २०८३
  • आर्थिक अनियमितता र बेरुजुको अवस्था भयावह, एक वर्षमै थपियो ८८ अर्ब, कुल बेरुजु साढे ७ खर्ब नाघ्यो

    आर्थिक अनियमितता र बेरुजुको अवस्था भयावह, एक वर्षमै थपियो ८८ अर्ब, कुल बेरुजु साढे ७ खर्ब नाघ्यो

    काठमाडौँ– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार मुलुकमा आर्थिक अनियमितता र बेरुजुको अवस्था भयावह देखिएको छ। आर्थिक वर्ष २०८१– ८२ को लेखा परीक्षणबाट थप ८८ अर्ब ९ करोड रुपैयाँ बेरुजु कायम भएको छ।

    प्रतिवेदन अनुसार सङ्घीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड, स्थानीय तहतर्फ १९ अर्ब ५ करोड र अन्य समिति तथा संस्थातर्फ १० अर्ब ३२ करोड बेरुजु देखिएको छ।

    गत वर्षसम्मको बाँकी बेरुजु र यस वर्षको थप सहित कुल अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति समक्ष पेस गरेको प्रतिवेदनमा सरकारी ढुकुटीको परिचालनमा अनुशासनको कमी रहेको औँल्याइएको छ।