आर्थिक वर्ष २०८१–८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख - Chaitanya News
  • 2026-05-15
  • 17:00:40
  • शुक्रबार,जेठ ०१, २०८३
  • आर्थिक वर्ष २०८१–८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख

    आर्थिक वर्ष २०८१–८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख

    काठमाडौँ– आर्थिक वर्ष २०८१–८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।

    लेखापरीक्षण गर्दा देखिएका ९५ अर्ब २७ करोड ८ लाख मध्येमा प्रारम्भिक लेखापरीक्षण पश्चात् सम्बन्धित निकायले पेस गरेको प्रमाणका आधारमा ७ अर्ब १७ करोड ९७ लाख सम्परीक्षण भएकोमा उक्त बेरुजु रहेको जनाएको छ।