अर्थमन्त्री डा.वाग्लेले राष्ट्रिय सभामा सम्बोधन गर्दै, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका प्रस्ताव पेस हुने - Chaitanya News
  • 2026-06-28
  • 20:21:56
  • आइतबार,आषाढ १४, २०८३
  • अर्थमन्त्री डा.वाग्लेले राष्ट्रिय सभामा सम्बोधन गर्दै, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका प्रस्ताव पेस हुने

    अर्थमन्त्री डा.वाग्लेले राष्ट्रिय सभामा सम्बोधन गर्दै, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका प्रस्ताव पेस हुने

    काठमाडौँ– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन्।

    उक्त सम्बोधन सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममाथि सभामा उठाइएका प्रश्नहरूको जवाफ दिने उद्देश्यले तय गरिएको हो।

    सम्बोधनपछि सरकारले ल्याएको नीति तथा कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। त्यसपछि मूल नीति तथा कार्यक्रम पनि सभामा निर्णयार्थ पेस गरिनेछ।

    कार्यसूची सम्पन्न भएपछि आजै अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।